इन्दिरा रानामगर उपसभामुखमा निर्वाचित
काठमाडाैं | माघ ७, २०७९
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। इन्दिराले १६६ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत ल्याइन्। कूल २६४ मत खसेको सभामुख देवराज घिमिरेले जानकारी दिए। जसमध्ये १ सांसद् तटस्थ बसे।
झापाकी इन्दिरा आदिवासी जनजाति महिलाबाट समानुपातिक सांसद् भएकी थिइन्। राजनीतिमा आउनुअघि रानामगर कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय र शिक्षा दिन सक्रिय थिइन्।
उनलाई रास्वपाका सोबिता गौतमले प्रस्ताव गरेकी थिइन्। उनका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन रहेका छन्।
त्यस्तै यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ला थिए।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

